कोरोना संक्रमित राप्रपा नेता थापाको निधन

admin

काठमाडौं, १७ साउन : नवलपुर राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण नि धन भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार नि धन भएको हो ।

तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भई वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेको थियो ।

थापाको नि धनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् । राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि थापाको नि धनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिया थापाको निधनप्रति राप्रपा नवलपुर तथा अन्य जिल्लाका सामाजिक संस्थाहरुले दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया