कोरोना सङ्क्रमित भेटिएको भन्दै अफवाह फैलाउने भट्टराई पक्राउ

admin

कैलाली, २६ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका- १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका-२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

आफ्नो फेसबुक आइडीमार्फत “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका-१ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया