कोहलपुरमा कर्फ्यु जारी,डीएसपी शाहीसहित ९ प्रहरी घाइते

admin

कोहलपुर,२२ मङ्सिर: कोहलपुरबाट नेपालगन्ज तर्फ जाँदै गरेको मालबाहक ट्रक न २ ख ९५४९ नम्बरको ट्रकले त्रिभुवन उच्च माध्यमिक विद्यालय कक्षा ७ मा अध्यनरत एकजना बालिका प्रकृति चन्दलाई कुल्चिदा स्थिति तनावग्रस्त भएको छ।

ट्रकले बालिकालाइ किचेपछि स्थानियबासिहरुले ट्रक जलाएका छन।बाके प्रहरीले स्थानीय बासिलाई कन्ट्रोल गर्न खोज्दा उल्टै प्रहरीहरु माथी ढुङ्गा प्रहार गर्दा डीएसपी सहित ९ जना प्रहरी घाइते भएका छन। घटना स्थलमा विद्यार्थीहरुले चर्को नाराबाजी गर्दै ढुगां प्रहार गर्दा स्थिति तनावग्रस्त बनेको छ।

ट्रकको ठक्करबाट बालिका कुल्चिएपछि उत्पन्न तनावले दिउँसो ३ बजेदेखि उग्र रुप लिएको छ।घाइते शाही लगायत प्रहरी अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गर्दै दिउँसो तीन बजेबाट कर्फ्यु जारी गरेको छ।ट्रकले कुल्चिएर गम्भीर घाइते भएकी बालिकालाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौ पठाईएको र चालकलाई नियन्त्रणमा लिएको बाकेका सिडियोले जानकारी दिए।

प्रतिक्रिया