कोहलपुरमा सद्भाव र्‍याली निकालेपछि आन्दोलनको माहोल शान्त

मनिषा थापा

– खगेन्द्र हमाल
कोहलपुर : आईतबारदेखी तनावग्रस्त बनेको कोहलपुर बिस्तारै लयमा फर्किएको छ । स्कुले छात्रालाई ट्रकले किचेपछि एकाएक तनावग्रस्त भएको कोहलपुरमा मंगलबार बिहान सद्भाव -यालि निकालिएको छ । र्याली निकालिएपछि यहाँका शिक्षण संस्था, बजार र यातायातका साधनहरु संचालनमा आएका छन ।

मंगलबार बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छन भने बजारमा चहलपहल बढेको छ । स्थानियहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन ।

बाँकेको कोहलपुरमा ६ बुदे सहमती भएपश्चात सदभाव -यालि निकालिएको हो । मंगलबार बिहान ९ बजे देखि हाइस्कुलदेखि चौराहमा पुगी कोण सभामा परिणत भएको थियो ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन ।

प्रतिक्रिया