को हुन् यी अनौठो मान्छे ? किन आए काठमाडौँ ? यस्तो छ रहस्य [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। पुर्वका इकु भनेर प्रख्यात यज्ञ बहादुर कटुवाल हाल काठमाडौँ आएका छन्। उनी उर्लाबारी, मोरङबाट कलाकारितामा जम्छु भने काठमाडौँ आएका हुन्। हुन त अहिले सामाजिक संजालले भाइरल नबनाएको विषय नै छैन भन्दा बेठिक नहोला। बिना परिश्रम, अथाहा मेहेनत नै अहिले केहि नौलो र छुट्टै प्रतिभाका कारण धेरै भाइरल भइसकेका छन्। त्यसकै भिडमा यज्ञ पनि पर्छन्।

उनी मान्छे नै फरक छन्। कसैले एलिएन भनेर उनलाई सम्बोधन गर्न भ्याएका छन् त कसैले अनौठो मानिस भनेर। उनलाई देख्दा पनि यस्तो लाग्छ कि उनी शारिरिक बनावटले अलि भिन्नै छन्। उनको एउटा दाँत बाहेक अरु कुनै दाँत नै छैन। नाक पिनासको कारण त्यहीँ बिलाएको जस्तो देखिन्छ। उनको भनाई अनुसार उनको नाकबाट किरा झरेको थियो र पछि त्यस्तो हुन गयो।

दाँत नभएकै कारण अनि नाक पनि सानो भएकाले गर्दा उनले आफ्नो ओठ सजिलै निधारमा छुवाउन सक्छन्। यो कम सोच्दा सुन्दा जति सजिलो छ त्यति गर्न भने सजिलो छैन। सायद त्यसैले होला उनको यो कलाले उनी देशभर चिनिएका छन्। उनको जिब्रो पनि यति लामो छ कि उनको जिब्रोले सजिलै निधार छुन सक्छ। उनको यो कला भिडियोम किन नउतार्ने त, संसार भर किन प्रस्तुत नगर्ने त भनेर उर्लाबारीकै युट्युबर एवम पत्रकार किशोर श्रेष्ठले उनलाई एउटा म्युजिक भिडियोमा समेत अभिनय गर्ने अवसर प्रदान गरिसकेका छन्।

उनलाई काठमाडौँ सम्म ल्याउने पनि उनी किशोर श्रेष्ठ हुन्। काठमाडौँमा इकु सुलेमानलाई भेटाउन उनले पुर्वका इकु भनेर चिनिने यज्ञलाई काठमाडौँ सम्म ल्याएका हुन्। यज्ञको घरमा उनको बुबा र उनी मात्र छन्। बुबा दमका रोगि छन्। बुढेसकाल लगेर पनि होला उनी केहि काम गर्न नसक्ने यज्ञले बताए। उनको केहि ऋण छ। त्यहिँ ऋण तिर्न उनी कलाकारितामा आफुले जानेको कला देखाउन चाहन्छन्।

उनलाई शारीरिक रुपमा अशक्त भनेर हेप्नेहरुको लागि पनि कलाकारितामा केहि गरेर दरिलो झापड हान्न मन छ उनलाई। उनी भन्छन् ,’मलाई गाउँमा सबैले हेप्थे, दाईहरुले त झन् पिट्थे। मैले एउटा नँया मोबाइल किनेको थिए। तैले कता बाट ल्याइस चोरेर ल्याइस भनेर मेरो मोबाइल खोसिदे। मलाई नि पिटे। मलाई अब धेरै पैसा कमाएर तिनीहरुलाई देखाउनु छ। ‘

प्रतिक्रिया

सम्बन्धित समाचारहरू