क्यान्सरले गर्दा अल्पायुमै ज्यान गुमाएकाहरु प्रति समर्पित हृदयस्पर्शी गीत ‘फूल्न नपाउँदै’ सार्वजनिक

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : गायिका सरिता प्रजापति भनेर सांगीतिक बजारमा नचिन्ने सायद कमै होलान्। उनै सरिता प्रजापति हालै मात्र बजारमा एकदमै हृदयस्पर्शी गीत लिएर आएकी छिन।

थुप्रै डान्सिङ्ग नम्बरका गीतहरुका साथै प्रत्यक वर्ष रमाइलो तीज गीत ल्याएर दर्शक स्रोताहरुलाई मनोरञ्जन दिने गायिका सरिताले हालै मात्र सबैलाई रुवाउने ‘फूल्न नपाउँदै’ बोलको एकदमै मार्मिक गीत लिएर आएकी छिन। उनको यो गीत सुनेर नरुने सायदै कमै होलान्।

साईन प्रोडक्सन नामक युट्युब च्यानल मार्फत सार्वजनिक उक्त गीत क्यान्सर जस्तो जघन्य रोगबाट कलिलै उमेरमा मृत्यु वरण गर्न पुगेकी आफ्नी भान्जीको मृत्यु पछि उनकै मामा गीतकार सुरेन्द्र लाल भुजुले लेखेको भाव हो। क्यान्सरले गर्दा अल्पायुमै ज्यान गुमाएकाहरु प्रति समर्पित यस गीत गायिका सरिताको लागि निकै चुनौतीपूर्ण रहेको उनले बताईन।

यस गीतमा अनिश श्रेष्ठको संगीत र सरिता प्रजापतिको मार्मिक स्वर रहेको छ।

हृदयस्पर्शी गीत ‘फूल्न नपाउदै’ हेर्नुहोस् भिडियोमा:

प्रतिक्रिया