क्याप्टेनको ‘कर्ली कर्ली’ गीतमा निरुताको दमदार नृत्य (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : चलचित्र क्याप्टेनको ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र टिमले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ भने एसडीकै शब्द तथा संगीत रहेको छ । गीतमा अनमोल केसी, नायिका निरुता सिंह र अनमोलका पिता तथा नायक भूवन केसीको नृत्य रहेको छ । गीतलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन्। 

फागुन १७ गतेबाट प्रदर्शननमा आउने चलचित्रमा अनमोल केसीको अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईको मुख्य भूमिका रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेका छन् ।

 

प्रतिक्रिया