क्यामरुनमा १८ सर्वसाधारणको ह’त्या

अस्मिता बेल्बासे

एजेन्सी, १९ साउन : क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको ह’राम नामक स’शस्त्र वि’द्रोही समूहले गरेको आ’क्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।

आ’क्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो ह’मलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक ग’म्भीर रुपमा घाइते भएका बताइएको छ ।

बो’को ह’रामका ह’तियार’धारी वि’द्रोहीहरुले सर्वसाधारणको ह’त्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि ह’मला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ ।

उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बो’को ह’रामका स’शस्त्र वि’द्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको ह’त्या गर्नेगरी सो ह’मला गरेका थिए । बो’को ह’रामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा ह’मला गर्ने गरेको पाइएको छ ।

जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अ’पहरण गर्ने गरेका छन् । पछिल्लो समयमा बो’को ह’रामले आफ्नो अभियानका वि’रुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् ।

प्रतिक्रिया