क्यूआर भुक्तानी सेवा सुरु दक्षिणकाली मन्दिर परिसरमा

admin

काठमाडौं, १३ चैत : काठमाडौंको दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरिएको छ । सनराइज बैंक मार्फत उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाई सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुआत गरिएको हो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया