क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

शर्मिला गुरुङ

काठमाडौँ, ३० फागुन : एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ ।

थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ ।

३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छ ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग अप्रिल २४ मा खेल्नेछ भने समूहको अन्तिम खेल अप्रिल २५ तारिखमा आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्यस्तै नेपाल साविक विजेता पनि हो । अघिल्लो संकरणको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो । रासस

प्रतिक्रिया