क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

admin

काठमाडौं, १३ असोज : नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार एक कार्यक्रम गरेर आफ्नो राजीनामा घोषणा गरेका हुन ।

क्यानका उपाध्यक्ष विनोदबाबु श्रेष्ठले पनि राजीनामा दिएका छन् । दुई वर्षअघि भएको निर्वाचनपछि प्याकुरेल क्यान सचिवमा निर्वाचित भएका थिए ।

उनी निर्वाचित भएको आइतबार दुई वर्ष पुगेको थियो । क्यानलाई आइसिसीले लगाएको प्रतिबन्ध फुकुवा गर्न आफू सक्षम भएको भन्दै आफ्नो योजना र मिसन पूरा भएको उनले बताएका छन् ।

प्रतिक्रिया