क्रियाशील सदस्यता बुझाउने म्याद वैशाख १० सम्म थप्ने कांग्रेसको निर्णय

admin

काठमाडौं, ६ बैशाख : नेपाली कांग्रेसले क्रियाशील सदस्यता बुझाउने म्याद अन्तिम पटकका लागि थप गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता बुझाउने म्याद बैशाख १५ गतेसम्मका लाथि थप गर्ने निर्णय गरेको हो ।

पटक पटक समयभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण प्राप्त हुन नसकेपछि म्याद थप गरिएको नेता रमेश लेखकले जानकारी दिनुभयो ।

उहाले हालसम्म नविकरण र नयाँ गरि ६ लाख ५ हजार ४०३ वटा इन्ट्री भएको जानकारी दिनुभयो । अव बैशाख १५ मध्यारातीदेखि इन्ट्री हुने काम बन्द गरिने जानकारी दिनुभयो । त्यस्तै नयाँ क्रियाशील सदस्यताको सूची क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी सम्पूर्ण कागजात बैशाख १७ गते बेलुका ५ बजेसम्म केन्द्रमा पठाइसक्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यस्तै सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्वुमा प्राविधिक कारणबस क्रियाशिल सदस्यता सुरु गर्ने काम ढिलाई भएको भन्दै सो जिल्लामा केहि समय थप गर्ने निर्णउ गरिएको लेखकले बताउनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल नभई दुई दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकमा क्रियाशील सदस्यता विवादका बारेमा छलफल भएको नेता लेखकले बताउनुभयो ।

प्रतिक्रिया