क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

admin

काठमाडौँ, कात्तिक १५ : इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसमुक्त भएका छन्। युभेन्ट्सले शुक्रबार जनाएअनुसार रोनाल्डोको पछिल्लो टेस्टको नतिजा नेगेटिभ आएको छ।

१९ दिनपछि कोरोनामुक्त भएका रोनाल्डोले अब आइतबार युभेन्ट्सबाट खेल्ने सम्भावना छ। अब रोनाल्डोको शनिबार अर्को टेस्ट हुनेछ। त्यसपछि उनले एक्लै अभ्यास गर्नेछन्। शनिबारको टेस्ट नेगेटिभ आएको अवस्थामा रोनाल्डोले आइतबार खेल्न पाउनेछन्।

राष्ट्रिय टिमबाट नेसन्स लिग खेल्नका लागि गएको बेला उनलाई गत १३ अक्टोबरमा कोरोना भाइरसको संक्रमण भएको थियो। जसका कारण उनले स्विडनविरुद्धको खेल गुमाएका थिए। यस्तै उनले युभेन्ट्सबाट च्याम्पियन्स लिगका दुई खेलसहित चार खेल खेल्न पाएनन्।

‘सिरि ए’का दुवै खेलमा युभेन्ट्स बराबरीमा रोकिएको थियो। यस्तै च्याम्पियन्स लिगमा डाइनामो किभलाई हराएको युभेन्ट्स स्पेनिस क्लब बार्सिलोनासँग २-० गोलले पराजित भएको थियो।

प्रतिक्रिया