क्वरेन्टीनमा बसेकी एक महिलाको मृत्यु

admin

बैतडी, २० जेठ :  पुर्चौंडी नगरपालिका ४, भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी भटनाकै २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको छ ।

लुहारको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए । लुहारको अवस्था सोमबार सामान्य रहे पनि मंगलबार बिहान मृत्यु भएको उनले बताए ।

लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान र १८ महिने बच्चाकसहित क्वरेन्टीनमा बस्दै आएकी थिइन् ।

लुहार भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उनका श्रीमान हरिश लुहारले बताए ।

प्रतिक्रिया