क्वारेन्टिनमा रहेका युवकको मृत्यु

admin

गलकोट, २१ असार : क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

निसीखोला-२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका-४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आइतबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।

लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ । उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन ।

रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए । नेपाली सेनाले उनको श’व व्यवस्थापन गर्ने बताइएको छ ।

प्रतिक्रिया