खाडी मुलुकमा नेपाली महिलाको दर्दनाक अवस्था, सहसचिवले यसरी सुनाए

admin

काठमाण्डौ – खाडी मुलुकमा काम गर्न जाने महिलाहरु परिवारका सदस्यबाटै बेचिने गरेको खुलासा भएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरेले परिवारका सदस्यबाटै नेपाली महिलाहरु बेचिने गरेको तथ्य खुलासा गरेका हुन् ।

उनले साउदी अरबस्थित नेपाली दूतावासमा चार वर्ष काम गर्दाको अनुभव सेयर गर्दै नेपाली महिलाहरुमाथि क्रुर र अमानवीय घटना हुने गरेको बताए । उनले अन्य देशका महिला केही कठोर र शाहसी स्वाभावका हुन भएकाले साउदी अरबले नेपाली महिलालाई घरेलु कामदारको रुपमा रुचाएको बताए ।

 

त्यस्तै बैठकमा नेकपाका पूर्वश्रममन्त्री एवं सांसद मुकुन्द न्यौपानेले महिलालाई खाली मुलुकमा घरेलु कामदार पठाउन बन्द गर्दा आफूविरुद्ध नाराबाजी भएको घटना सम्झिए । उनले खाडीमा घरेलु कामदार रोक्न खोज्दा दलका नेताले सुब्बामार्फत सचिवलाई धम्की दिने गरेको बताए ।

‘नेताहरुले सुब्बालाई समातेका छन् । किन ? कर्मचारी संगठन त सुब्बाहरुको छ । कांग्रेसको सुब्बा, नेकपाको सुब्बा । सुब्बा मिलेपछि छुलछुली हुने सचिव’, उनले भने, ‘सबै महिलाहरुलाई यही काममा लगाउनुपर्यो कसरी पठाउने भनेर कानून बनाउने होइन । महिलाहरुलाई जानै रोक्नुपर्छ ।’

सहसचिवले साउदीमा रहँदाको एउटा घटना बैठकमा यसरी सुनाएः

साउदी अरबमा काम गर्ने सिलसिलामा नवलपरासीको एक जना महिला हुनुहुन्थ्यो । बिहान चार बजेको समय थियो । म बस्ने क्वार्टरको साइडमा सिरियाको एक जना कम्पनीमा काम गर्ने मेनेजर बस्थ्यो । उसले चार बजे मेरो कोठामा घण्टी लगायो । त्यसपछि उसले मलाई भन्यो– घिमिरेजी मलाई माफ गर्नुहोस् मैलेतपाईलाई डिस्र्टव गरें । तर, सडकमा एक जना महिला विगत दुई घण्टादेखि वेवारिसे अवस्थामा छिन् । मलाई तिम्रो देशको नागरिक जस्तो लाग्छ ।

उनको ख्याल गर्नूहोस् । त्यसपछि म त्यहाा गएँ । उसको अवस्था कस्तो थियो भने – शरिरको लुगा च्यातिएको । बोल्न नसक्ने अवस्था एकदमै विछिप्त थियो । उनी नेपाली भाषा बोल्न नसक्ने । तेहासी मान्छे । उनलाई ग्याङ रेप गरेर तीन तलाबाट खसालीदिएछन् । सबै लुगा पनि च्यातिएको । त्यसपछि मेरो स्टाफलाई बोलाएँ । मेरी श्रीमतीकोलुगा लगाइयो । चार महिनासम्म उहाँको स्वास्थ्य उपचार गरियो । किनभने हातखुट्टा भाँचिएको थियो । उहाँको अवस्था विछिप्त थियो ।

डाक्टरको सल्लाहअनुसार उपचार पनि गराइयो । हामीले त्यहाँको मानव अधिकार आयोग, पुलिस प्रशासन कहाँ धाइएन । तर, कही पनि सुनुवाई भएन । उनले आफन्तले पाएको कुरा बताइन् । परिवार भित्रकै मान्छे रहेछ । तिमिलाई पठाउने को हो भन भन्दा आफन्तको नाम नभन्ने । पछि ठिक भएपछि टिक काटेपछि नेपाल पठाउँदा उनले म नेपाल आउँदैछु मलाई लिन आइज भनिन् । परिवारभित्रबाटै हाम्रा मान्छे बेचिएका छन् । यो त प्रतिनिधि उदाहरण मात्रै हो । यस्ता धेरै उदाहरण छन् ।

साउदीअरबबाट हामीले धेरै जना महिलाको उद्धार गरेर पठायौं । ह्युमन ट्राफिकिङबाट गएका महिलाहरु धेरै हुनुहुुन्थ्यो । हामीले ५ ६ हजार महिला पठाएपछि यो त अति नै भयो भनेर हामीले रेकर्ड राखेका थियौं । त्यो रेकर्ड मध्ये ४३ जना एजेण्टहरुको नामावली पठाइयो । एक जना एजेण्टले हाम्रो अफिसर जसले चिठिसहि गरेर पठाउनु भएको थियो त्यो अफिसरलाई उहाँले व्यक्तिगत हिसाबले धम्की दिएर तपाईंको घर कहाँ हो कसो हो म सबै थाहा पाउँछु । तपाई मेरो रोजीरोटी छिन्ने भनेर धम्की दिएर अफिसर विछिप्त भएर हिँड्नुपर्ने अवस्था पनि भयो ।

प्रतिक्रिया