खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा नौ जना घा’इते

admin

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ बागबजारमा रहेको एक घरको भान्साकोठामा ग्याँस चुहिएर आ’गला’गी हुँदा नौ जना घा’इते भएका छन् ।

बागबजारका उदिराम केसीको घरमा डेरा गरी बस्ने आठबीसकोट नगरपालिका २ का प्रजित ओलीको कोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घा’इते भएको जिल्ला प्रह’री कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घा’इते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २ का १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३ का १२ वर्षीय प्रचण्ड खनाल, ११ वर्षीय प्रकाश खनाल छन् ।

यसैगरी त्यही ठाउँका १५ वर्षीय पशुपति खनाल, आठबीसकोट नगरपालिका २ की हिरासा ओली, सानीभेरी गाउँपालिका ५ की १८ वर्षीया सरिता केसी, आठबीसकोट नगरपालिका २ का २६ वर्षीय वीरबहादुर ओली र त्रिवेणी गाउँपालिका ७ का ४३ वर्षीय वीरबहादुर केसी घाइते भएका छन् । ग्यास बिग्रेको अनुमानमा ग्यास मर्मतमा गएका तथा कोठामा बस्नेहरु घा’इते भएका हुन् ।

घा’इतेमध्ये प्रजित, इन्द्रबहादुर, हिरासा, वीरबहादुर ओली र वीरबहादुर केसीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने चार जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्र’हरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्र’हरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले जानकारी दिनुभयो । ग्यास बाल्न खोलिएको र दिनभर ग्यास चुहिएर बेलुका आ’गो बलेको बताइएको छ ।

प्रतिक्रिया