खाल्डोमा जमेको पानीमा पौडी खेल्दा काभ्रेमा एक बालिकाको मृत्यु

राष्ट्रिय समाचार समिति

काभ्रे, २९ साउन: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ रायगाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर आज दिउँसो एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्ररही कार्यालय बनेपाका प्रहरी निरीक्षक नीरञ्जन भट्टराईकाअनुसार सो ठाउँमा डेरा गरी बस्दै आएका सनम गोलेको छोरी वर्ष ११ की रुप्सना त्यहाँको औषधि फ्याक्ट्रीको जग्गामा भवन बनाउन खनेको जगको खाल्टोको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मकवानपुर डाँडापास सल्ले गाविस– ६ घर भई हाल सो ठाउँमा डेरा गरी बस्दै आउनुभएका गोले परिवार सो ठाउँमा बसेर ज्यामी काम गर्दै आएको बताइएको छ । ‘बुबाआमा काममा जाने क्रममा जमेको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो ।’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो । शव परीक्षणका लागि काठमाडाँैस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । रासस

प्रतिक्रिया