खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

मनिषा थापा

काठमाडौँ, २ साउ : तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला यहाँको एक महिला समूहले भने खुत्रुकेको पैसाबाट मानव सेवा आश्रमका आमा तथा दिदीबहिनीलाई दर खुवाएको छ । पोखरा महानगरपालिका– १० गीता शान्ति मार्गस्थित महिला समूहमा आबद्ध दिदीबहिनीले आफ्नो खुत्रुकेको पैसाले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९२ आमा तथा दिदीबहिनीलाई दर खुवाउनाका साथै ३४ जनालाई साडीसमेत उपहार दिएका थिए । 

संस्थाका ६५ सदस्यले बचाएर राखेको पैसा सङ्कलन गरी एकल र असहाय वृद्धालाई दर खुवाइएको संस्थाका सचिव शान्ति सुवेदीले जानकारी दिनुभयो । उक्त समूहले उदाहरणीय काम गरेको र यो अरुका लागि पनि अनुकरणीय हुने पोखरा–१० का वडा सदस्य दीपकबहादुर थापाले बताउनुभयो । रासस 

 

प्रतिक्रिया