खुला शौच ‘रोगको घर’, एक ग्राम मानव मलमा १ करोड भाइरस

admin

काठमाडौं, असोज १५ : पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र एक सय परजीवीका अन्डा हुन सक्छन् ।


यसैले तपाइँको गाउँ, टोल, छरछिमेकमा खुला शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पार्ने, हेपाटाइटिस, ट्रकोमा आदि थुप्रै रोग निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

रोग निम्तयाउन मात्र नभई खुला स्थानमा शौच गर्नु पर्यावरणका लागि समेत हानिकारक छ । खुला शौचले पानीसँगै कृषि उत्पादनसमेत प्रदूषित हुन्छ । ‘मुलुकमा खुला स्थानमा शौच बस्ने अवस्था मात्र अन्त्य गरे थुप्रै रो, संक्रमण आदीबाट बच्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)का निर्देशक डा रुना झाले भनिन् । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

प्रतिक्रिया