खुल्याे डीभी, आज रातिदेखि भर्न सकिने

admin

काठमाण्डौ : सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ ।

फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया