खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाउँदै : डा. भट्टराई

admin

काठमाडौं, १४ असोज : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले काठमाडौं (पुरानो बसपार्कस्थल)को खुल्लामञ्चमा बुधबार बिहान सर्वसाधारणलाई खाना खुवाएका छन् ।

खुल्लामञ्चमा डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका हुन् । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् ।

कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन बिताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाउँदै आइरहेको छ ।

प्रतिक्रिया