खेलकुद क्षेत्रमा राजनीति हुनु हुदैन : रमेशकुमार सिलवाल

admin

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताउनुभएको हो । उहाले भेलामार्फत संगठन निर्माण गरेर खेल क्षेत्रको बिकास गर्न खोज्नु सकारात्म रहेको बताउनुभयो ।

सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताउनुभयो । राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै खेलकुदलाई सवै जिल्लामा पुराउन राखेपले योजना निर्माण गरेको बताउनुभयो । नेपालको बाम लोकतान्त्रीक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको बिकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया