खेलाडीमा संक्रमण पुष्टि, आजको खेल स्थगित : आईपीएल

admin

काठमाडौं, २० बैशाख : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेलको अर्को तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती और सन्दीप वारियरको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।’

प्रतिक्रिया