खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना भएन

admin

काठमाडौं, ५ माघ : कोरोना भाइरसको जोखिम बढेसँगै खोप लगाउनेको भिड पनि बढ्न थालेको छ । खोप केन्द्रमा बढिरहेको भिडले त्यहीँबाट कोरोना भाइरस सर्ने जोखिम बढेको छ ।

सरकारले सार्वजनिकस्थलमा खोपकार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन भने गर्न सकेको छैन । खोप केन्द्र र अस्पतालमा जनस्वास्थ्यका मापदण्ड पालना भइरहेको छैन ।

धेरैजसो खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको लामो लाइन छ । भौतिक दूरी त परको कुरा, कतिपयले त लाइनमा बस्दा समेत मास्क लगाउने गरेका छैनन् । सरकारले सार्वजनिक ठाउँमा हिँडडुल गर्नका लागि पनि खोप कार्ड अनिवार्य गरे पछि अहिले खोप लगाउनेहरुको भिड बढेको हो ।

यसले खोप केन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ । नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै अग्रपङ्क्तिमा खटिएर काम गर्नेहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।

प्रतिक्रिया