खोलाले बगाउँदा एक बालक बे’पत्ता, एकको उ’द्धार

admin

रसुवा : रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्डेमा खेल्ने क्रममा खोलाले बगाएका दुई बालकमध्ये एक जनाको उद्धार गरिएको छ । एक जना बेप’त्ता भएका छन् ।

जिल्ला प्र’हरी कार्यालय रसुवाका अनुसार सोमवार दिउँसो साढे ३ बजेतिर खोला छेउमा खेलिरहेका साढे दुई वर्षका युुकेस तामाङ र तीन वर्षका आश्विन तामाङलाई त्रिशूली खोलाले बगाएको थियो ।

दुई बालक खोलामा झरेसँगै आश्विन तामाङलाई तत्काल स्थानीयले उद्धार गरेका थिए । अर्का बालकको खोजी भइरहेको प्र’हरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया