गच्छेदार फसेपछि नेताहरुलाई सिंहदरबारबाट थुतेर मण्डलामा पुर्याउने नेविसंघको चेतावनी (भिडियो सहित )

admin

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका नेता विजयकुमार गच्छेदारलाई मुद्दा चलाएपछि नेपाली काँग्रेस आन्दोलनमा उत्रिएको छ । काँग्रेसका युवा नेताहरुले यो पटक सरकारलाई सवक सिकाउनुपर्ने भन्दै सडकदेखि सदनसम्म आवाज उठाउन सुरु गरिसकेका छन् । काँग्रेसले प्रतिनिधिसभाको बैंठकसमेत अवरुद्ध पारिसकेको छ ।

उता काँग्रेस नेता गच्छेदारले आफ्ना समर्थक तथा नेताहरुलाई आफूलाई परेको पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेको पनि देख्न र पढ्न सकिन्छ । उनले २४ घण्टा यता गरेका विभिन्न ट्वीटलाई यहाँ प्रस्तुत गरिएको छ । ८ घण्टा अघि नेता गच्छेदारले समाजिक सञ्जाल ट्वीटरमार्फत लोकतन्त्र खतरामा परेको लेखे ।

हेर्नुहोस भिडियो :

आफूलाई फसाइयो । तर भोेली तपाईलाई फसाउन सक्छन् भन्दै आफ्नै पार्टीका नेताहरुलाई उनले सचेत गराए । त्यसैले पनि अब कम्यूनिष्ट अधिनायकवाद विरुद्ध सडकमा उत्रनुपर्ने उनको राय थियो । लोकतन्त्र र प्रजातन्त्रको रक्षा काँग्रेस र प्रजातान्त्रिक शक्तिबाहेक कसैले गर्न नसक्ने पनि उनले बताए । ललिता निवास प्रकरणमा हामीलाई अर्थात काँग्रेसलाई सिध्याउनका लागि फसाइएको हो भन्दै सवैलाई जुट्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू