गणतन्त्रवादीले राष्ट्रपिता पृथ्वी नारायण शाहको अपहेलना गरे : पशुपति खड्का 

मनिषा थापा

भक्तपुर : आज पुष २७ गते राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रकाे रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । 

राजा पृथ्वी नारायण शाहले सिंगो नेपाल बनाएकोले उनको जन्मदिनमा  राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो। तर विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । 

यसै सन्दर्भमा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले भने पृथ्वी नारायण शाहको जयन्तीमा एक दिन सार्वजनिक विदा दिँदा कुनै घाटा नलाग्ने बताए। गणतन्त्रबादीले राष्ट्रपीता माथि अपहेलना गरेको उनको भनाई छ। उनले भने, ‘विदेशी सरकार आउँदा विदा दिने सरकारले राष्ट्रपिताको जयन्तीको दिन विदा नदिएर अपमान गर्यो।’

पृथ्वी नारायण शाहलाई मान्नु भनेको राजालाई मान्नु सरह बनाएर गणतन्त्रवादीले जन्तामा त्रास फैलाएको उनको आरोप छ। शाही युवा नेपाल पार्टीले वर्षेपिच्छे पुष २७ गते सार्वजनिक विदा दिनु पर्ने भन्दै विरोध गर्दै आएको छ। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया