गणेश घर्ति मगर र सीता घर्ति मगरको दशैँ कोशेली ‘ए प्यारी’ सार्वजनिक

admin

काठमाडौँ, असोज २९ :  नेपाली लोकदोहोरी विकासमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश घर्ति मगर र गायिका सीता घर्ति मगरकोआवाजमा सजिएको मौलिक दशैँ गीत ‘ए प्यारी’ भिडियो बजारमा आएको हो ।

परदेशी माइती र चेली विचको सम्वादलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ । परदेशमा गएको आफनो दाजुको यादमा बैनीले ब्यक्त गरेको वियोगान्त भोगाईलाई समेटिएको छ । गणेश घर्ति मगरको शब्द तथा लय सिर्जनामा गीत सजिएको छ । गीतमा एरेन्ज महेश पुनको रहेको छ भने गीतलाई विजय बुढाले रेकर्ड गरेका हुन ।

सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन , भगिरथा गाहा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘ ए प्यारी ’ गीतको भिडियोमा अञ्जली अधिकारी , चन्द्र शेखर शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया