गण्डकीको प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीमा शेरचन

admin

काठमाडौँ, १२ साउन : सरकारले गण्डकी र लुम्विनी प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा चितवनका पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचनलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न पनि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेल, सदस्यहमार राम कुमार फुयाल र दिल बहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।त्यस्तै बैठकले वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया