गरिबले पाउने न्याय, मृत फेला बालिकाको परिवारलाई ४ लाख क्षतिपूर्ति दिएर केस डिसमिस [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ गैराथोक घर भई वडा–१० स्थित उमा सहशिक्षालय उच्च माविमा अध्ययनरत बालिका महिना दिनदेखि बेपत्ता थिइन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षकी बालिका सुनमाया तामाङ २७ पुसदेखि भक्तपुरबाट हराएकी थिइन् ।

सोही विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि भक्तपुर गएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी थिइन् ।

पौष २७ गते हराएकी उनको शब राधेराधे चोक नजिको हनुमन्ते पुल मुनि भेटिएको थियो। उनको अनुहार चिनी अवस्थामा थिएन । लुगा र चप्पलको कारण मात्र मृत शब सुनमाया कै हो भनेर पुस्टि गरिएको थियो ।

उनको अवस्थाबारे महिनौँ दिनसम्म धेरै टीकाटिप्णी गरिए पनि उनी कुन अवस्थामा कहाँ त्यतिका दिन बेपत्ता भइन् र उनी हरेको समयमा उनले कस्तो कस्तो परिस्थितिसँग सामना गर्नुपर्यो भन्नेबारे भने अझै खुल्न सकेको छैन ।

विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली उनको खोजीमा जुटेको जनाइरहे पनि जहाँ हराएकी त्यही जिल्लामा उनको शव भेटिनु भनेको खोजिमा गैरजिम्मेवारीपन र प्रहरीकै मुख ताकेको भने प्रष्ट देखिएको छ ।

मृतक बालिकाको आफन्तमा बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर पोइल गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका दुई दिदीबहिनी छन् ।

बाल्यकाल देखि नै हुर्काउने, बढाउने र पढाउने जिम्मा जन्म दिने आमाको भएता पनि सुनमायालै हजुरआमाले नै लालनपालन गरेर बसेकी थिइन् । त्यसैले पनि सुनमायाको शब फेला परेपछि क्षतिपुर्ति बापत हजुरआमालाई ४ लाख दिने निर्णय भएको हो।

विद्यालयले हजुरआमाको नाममा बैंकमा खाता खोलि दुई लाख राखिदिएको छ। एक लाख विद्यालयमा नै सुनमायाको नाममा ट्रस्ट निर्माण गर्ने सहमतिको साथ् यो केस यत्तिकै डिसमिस भएको छ। सुनमायाको ज्यानको मुल्य ४ लाख तोकेर प्रहरीले नै यो केस डिसमिस गरेको हो ।

बाँकी हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू