गरिब बिद्यार्थीको पैसामा शिक्षकको मोज: सरकारी स्कुलको रमिता (भिडियो)

admin

पोखरा: पोखरा महामनगरपालिका वडा नंं. ६ मा रहेको तालबाराही स्कुलमा नेपाल बिद्यार्थी संघले भष्ट्रचारको एकीन छानबिन होस् भन्दै आन्दोलन गरिरहको छ । बिद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरु मिलेर स्कुलको करोडों रुपौया झ्वाम पारेको भन्दै संघले बिद्यालयको गेट अगाडी प्रर्दशन गरेको हो ।

स्कुलको रकम अनियमितता भएको, शिक्षकले महिनामै ७० हजार भन्दा बढी असोभनीय तलब बुझ्ने गरेको र शैक्षिक अवस्था अत्यान्त नाजुक भएका समाचारहरु बिभिन्न संचारमाध्यममा आएकमा छन् । स्थानीयहरुले यसको सत्यतथ्य छानबिनको माग गर्दै दोषीलाई कारबाही गर्न माग गरेक छन् । आफुहरु स्थानीय साथै अभिभावक पनि भएको नाताले कुनै पनि समिति गठन गर्दा आफूहरुलाई नबोलाएको गुनासो समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू