गरे के हुँदैन नेपालमा : सिस्नुको लुगा बेचेरै करोडपती बने बाजुराका खडक सिंह

मनिषा थापा

पिएनपिखबर : गरे के हुदैन भन्ने प्रमाण ‘सुदुरपश्चिम ह्याण्डी क्राफ्ट’का संचालक खडक सिंह बोगटीले देखाएका छन्। उनले गाउँघरका पाखा पखेरामा सजिलै पाइने सिस्नुबाट राम्रो आम्दानी गर्नुको साथै धेरै व्यक्तिलाई रोजगारीसमेत् दिलाउन सफल भएका छन्।

उनको ‘ह्याण्डी क्राफ्ट’मा सिस्नुको धांगो प्रशोधन गरी लत्ताकपडा तयार पारिन्छ। सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नं ४ घर भएका उनले बिगत ७ वर्ष देखि काठमाडौँको बुढानिलकण्ठस्थित ‘सुदुरपश्चिम ह्याण्डी क्राफ्ट’ संचालन गरेका हुन्।

शुरुवातमा उनले आफ्नै गाउँ बाजुरामा यस व्यसायको थालनी गरेका थिए तर त्यहाँ ब्यापार नभएकाले काठमाडौँमा संचालन गरेको उनी बताउछन। उनले कपडामा लाग्ने कच्चा पदार्थ सबै पश्चिमबाटै आउने र आफ्नो पुर्ख्याली घर बाजुरामै भएको कारण सुधुरपश्चिम ह्याण्डी क्राफ्ट नाम राखेको उनको भनाई छ।

सिस्नुबाट उत्पादक हुने यी सामाग्रीले राम्रो बजारमा पाएको र माग पनि बढ्दै गएको उनले बताए।करिब ३ लाखबाट शुरु गरेको यस व्यवासयबाट आज उनी करोडपति बनेका छन् भन्दा केहि फरक नपर्ला। उनले २५ जना रोजगारी दिएका छन्। उनको कामदारहरु प्राय बाजुराकै रहेका छन्। आबश्यक कच्चापदार्थमा लाग्ने खर्च र कामदारलाई तलब दिएर महिनाको ५० हजार देखि १ लाख सम्म बच्ने गरेको उनको भनाई छ।

यस्ता व्यवसायहरु धेरै मात्रामा स्वदेशमै संचालनमा आए कोहि पनि व्यक्ति आज खाडी जानु नपर्ने उनले बताए। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू