गर्भवती लिएर आएको एम्बुलेन्स धुलिखेलमा दुर्घटना

admin

धुलिखेल : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ डाँडागाउँमा एम्बुलेन्स दुर्घटना भएको छ । सिन्धुलीबाट गर्भवती महिला लिएको ज १ च १४३९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

गर्भवती महिलालाई धुलिखेल अस्पताल पुर्याइएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती महिला, सहित एम्बुलेन्समा सवार सबैको अवस्था सामान्य छ ।  

प्रतिक्रिया