गहभरि आँशु पार्दै श्रीमती बचाइदिन श्रीमानको गुहार [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। धादिंग स्थायी घर भएकी टिका कुमारी गुरुङ्ग हाल टिचिंग अस्पतालमा उपचाररत छिन्। शरीरको तौल घट्ने, प्रेसर हाइ हुने र कम्जोर हुने जस्तो लक्षण देखा परेपछि टिका कुमारीका श्रीमान र बाहादुर गुरुङ्गले धादिंग कै स्थानीय अस्पतालमा स्वास्थ्य उपचारको लागि लागे। 

उपचार गराउने क्रममा नै टिका कुमारीको दुई वटा नै मृगौला फेल भएको थाहा भयो। थप उपचारको लागि उनका श्रीमानले उनलाई काठमाडौँ ल्याए।  उनका चार सन्तान छन्।  चार सन्तान मध्य एक सन्तान उनीहरु सँगै काठमाडौँमा छन् भने तिन जना घर (धादिंग) मा नै छन्।

सानो व्यवसाय गरेर घरपरिवारको खर्च तार्ने अहिले उनीहरुलाई उअचर खर्च जुटाउन धौ धौ परिरहेको छ। संचित गरेर राखेको रकम पनि उनले अहिलेसम्मको उपचारमा खर्च गरिसकेका छन्।  आफन्त, छरछिमेकीले दिएको केहि रकमले अहिले उनी आफ्न श्रीमतीको उपचार गरिरहेका छन्। 

घरमा बच्चाहरु ममिबुबा कहिले आउनुहुन्छ भनेर कुरीरहेका होलान् भन्दै रामले गहभरी आशु पारे।  हुने हार देव नटार भने झैँ उनको जीवनमा यस्तो दुखद घटना घटिसक्यो। अब धैर्यधारण गरेर उपचार गराउनु बाहेक उनको अरु केहि बिकल्प छैन। 

उपचार त गराउने तर कसरि ? आर्थिक अभावका कारण उनी अल्मलिएका छन्। उनकी श्रीमतीले बेला बेलामा भने उपचार गर्नु पर्दैन जति दिन बाच्छु घर मै बाच्छु। हस्पिटल नबसम घर जाम भन्छिन्। 

टिका कुमारीलाई हप्तामा दुई पटक डायलासिस गर्नु पर्छ। कम्तिमा पनि १५ हजार खर्च हुने राम बताउछन्। डाक्टरले छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने बताएका छन् तर आर्थिक अभावआ कारण उनले यो बिषयमा निर्णय त के सोचेका पनि छैनन्। सेवा नै धर्म हो। तपाइको सानो सहयोगले कसैले अमुल्य जीवन फेरी पाउछ भने आउनुहोस् हातेमालो गरौ।  अरुलाई पारा आफुले सहयोग गरे आफुलाई पर्दा पक्का पनि अरुले सहयोग गर्छन्। 

सहयोगको लागी 

राम बहादुर गुरुङ: ९८०३३७५७८८

हामी मार्फत सहयोग गर्न चाहेमा:

मनोज खड्का: ९८६०३०१४९० 

शर्मिला गुरुङ्ग: ९८८०३९६४५२

पिएनपि मिडिया: ९८५१०१८०६३

 

बाँकि हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू