गाइको खोलेमा डुबेर छोराको यस्तो दर्दनाक अवस्था, सहयोगको पर्खाईमा यी आमा

मनिषा थापा

पिएनपिखबर : तुला घिमिरे भोजपुर उपचारका लागि आएकी हुन्। गोठमा राखिएको गाईको खोलेमा परि उनका छोराको आधा शरीरको छाला पोलेको छ।

उनी निकै न्यून वर्गको महिला हुन्। दैनिकी छाक टार्न मेलापात गर्ने गर्छिन। उनका श्रीमान अर्काको गोठालो गएर अलि अलि खर्च जुटाउने गर्छन। उनी एक दिन खोले पकाएर मेला गईन त्यही राखिएको खोलेमा ती बालक डुबेर अहिले यस्तो दयानीय अवस्थामा छन्।

उनले घर देखि गाडीमा जाँदा ४ घण्टाको दुरीमा रहेको विराटनगर अस्पताल लगिन। त्यहाँ ४० हजार खर्च भएको थियो। त्यहाँ उपचार सम्भब नभएपछि काठमाडौँको सुष्मा मेमोरियल अस्पतालमा छोरा उपचार गराईरहेकी छिन्। अहिलेसम्म उपचारमा ऋण गरेर जुटाएको ६३ हजार रुपैया खर्च भईसक्यो अब एक पैसा छैन कसरी गर्ने उपचार भन्दै तुला भकानिन्।

उनी भन्छिन, ”यति धेरै खर्च भईसक्यो अझै पनि अप्रेशन गर्नु पर्ने डाक्टरले बताएका छन्, मैले छोरालाई कसरी बचाउने।” उनले आफ्नो छोरालाई बचाईदिनु भन्दै उपचारका लागि रुदै आर्थिक सहयोगको अपिल गरिन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू