गाउँमा कम्प्युटर शिक्षा अभियान काठमाडौंद्धारा विद्यार्थी तामाङलाई आर्थिक सहयोग

मनिषा थापा

काठमाडौँ : गाउँमा कम्प्युटर शिक्षा अभियान काठमाडौँले धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का विद्यार्थी सुरज तामाङलाई १ लाख १५ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

 

संस्थाका काम तथा उपलब्धिहरुको बारेमा जानकारी गराउन मंगलबार रिपोर्टर्स कल्ब नेपालमा आयोजित पत्रकार सम्मेलनका क्रममा संस्थाका उपाध्यक्ष किरण धमलाले ‘डिप्लोमा ईन फार्मेसी’ तेस्रो वर्षमा अध्ययनरत तामाङको शैक्षिक शुल्क तिरिदिनको लागि सहायता प्रदान गरेका हुन् ।

बि.सं. २०७१ सालमा गठन भएको उक्त संस्थाले छोटो समयमा नै महत्वपूर्ण तथा उल्लेख्य सामाजिक कामहरु गर्न सफल भएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुले स्वईच्छाले आफूहरुलाई यो अभियानमा सहयोग पुर्याउँदै आएको पनि उनले जनाए ।

उनले भने,‘देश तथा विदेशमा दुःख गरेर बस्ने नेपालीहरुले कम्प्युटरको पहँुचबाट टाढा रहेका बालबालिकालाई आवश्यक कम्प्युटर शिक्षामा सहयोग पुर्याईरहनुभएको छ । हामीले यो अभियानमार्फत न्युनतम बिद्युतीय पहुँच भएका ग्रामीण तथा सरकारी बिद्यालयलाई कम्प्युटर हस्तातरण गर्दे आएका छौं ।’

अहिलेसम्म करिव सात हजार दुई सय जति दाताहरुको सहयोगबाट आफूहरुले यस्तो कार्य गर्न सफल भएको उनको भनाई छ । उनकाअनुसार यो अभियानमार्फत अहिलेसम्म करिव धादिङ, लमजुङ, काँस्की, कैलाली, अर्घाखाँची लगायत जिल्लाका ४० विद्यायलाई कम्प्युटर उपलब्ध गराईसकिएको छ ।

त्यस्तै, संस्थाले यसै शैक्षिक वर्षभित्र धादिङका दुईवटा बिद्यालय चण्डेश्वरी आधारभुत विद्यालय र लामागुरु मा.बि, तथा कैलालीको चिसापानीमा रहेको महाकाली–कर्णाली उच्च मा.बिलाई पनि ई–लाईब्रेरीसहितको कम्प्युटर हस्तान्तरण गर्ने कार्यक्रमको तयारी गरिसकेको छ ।

संस्थाले आगामी दिनमा ग्रामीण भेगमा रहेका बिद्यालयहरुमा बिद्युतीय पुस्तकालय (ई–लाईब्रेरी) को स्थापना गर्ने कार्य योजना राखेको पनि उनले जनाए ।

कार्यक्रममा बोल्दै युके–स्कटल्याण्डका संयोजक जोनी पहारीले आफूहरुको यो संस्थाले स्वतन्त्र रुपमा सामाजिक कार्य गर्दै आईरुहेको विश्वास दिलाए । उनले संस्थाले गरिव तथा जेहन्दार बिद्यार्थीहरुको शिक्षामा जोड दिएको पनि सुनाए ।

पहारीले पढ्ने ईच्छा शक्ति भएका तर पहँुचभन्दा बाहिर रहेका बालबालिकालाई कम्प्युटर शिक्षामा सबैको सहभागिताको निम्ति आफूहरुको संस्था लागिपरेको जनाए । उनले भने,‘म यही मञ्चबाट देश तथा विदेशमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यो अभियानमा हातमा हात र काँधमा काँधमा मिलाएर सहयोग गरिदिनु हुन आग्रह तथा अपिल गर्दछु ।’

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले यो अभियानले धेरै राम्रो सामाजिक काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए । उनले देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगको चर्चा समेत गरेका थिए ।

प्रतिक्रिया