गाडीको ठक्करबाट चिकित्सकको मृत्यु

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ मङ्सिर:काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा सवारी दुर्घटनामा परी आज एक चिकित्सकको मृत्यु भएको छ । पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री डा प्रभु जोशीको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते जोशीको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया