गायक अनुप खतिवडाको ‘के दिनमा’ गीतको भिडियो सार्वजनिक

admin

काठमाडौं, २४ मंसिर : गायक अनुप खतिवडाको ‘के दिनमा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा इन्दिरा पौडेलको शब्द रचना, असोक थापाको संगीत तथा एरेञ्ज रहेको छ ।

युवा-युवतीको रुप र सौन्र्दय बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख बिषय बस्तु बनाएर प्रस्तुत गरेको छ । गीतकार पौडेलका रचनामा अन्य गीतहरु पनि बजारमा आउनलागेको निर्माण समुहले जानकारी गराए । भिडियोमा उमेश पौडेल,अस्मिता ओलीको मुख्य भुमिका रहेको छ ।

यस्तै प्रकृति कडरिया र भिष्म न्यौपानेले पनि अभिनय गरेका छन् । पुर्बी नेपालझापाको रमण्ष्यि स्थलहरु लगात चिया बगानमा यो भिडियोलाइ कैद गरिएको छ । उक्त भिडियोमा तिलक रिजालको छायांकन तथा सम्पादन मा कृष्ण अनमोलको निर्देशन रहेको छ।

प्रतिक्रिया