गायक कृष्ण काफ्ले जनसेवा श्री बाट विभूषित, अन्य कलाकार र साहित्यकारलाई पनि विभूषण र पदक

अस्मिता बेल्बासे

काठमाडौं, ५ असोज : सरकारले गायक कृष्ण प्रसाद काफ्लेलाई संविधान दिवसको अवसरमा जनसेवा श्री (पंचम) बाट विभूषित गरेको छ ।

सरकारले सार्वजनिक गरेको सूचीमा गायक काफ्ले जनसेवा श्री (पंचम) योग्य गायकका रुपमा रुपमा अटाएका हुन् । उनीसहित अन्य २३ जना कलाकार र साहित्यकारलाई विभिन्‍न पदकले सम्मान गरिएको छ ।

नेपालको सांगितिक क्षेत्रमा डेढ दशक भन्दा लामो योगदानलाई उच्च मुल्यांकन गर्दै सम्माननिय राष्ट्रपतीबाट संविधान दिवसको अवसरमा उनलाई जनसेवा श्री (पंचम) बाट विभूषित गरिएको हो । गायक काफ्लेले देखन न चम्पा, तिम्रो पिक्चर हिट, पर्ख पर्ख मायालु, लगायतका चर्चित गितहरूमा आवाज दिएका छन् । 

यस्तै, सुप्रबल जनसेवा श्री (तृतीय) बाट साहित्यकार तथा समाजसेवी भद्र कुमारी घले, सर्जक जगतमर्दन थापा, साहित्यकार रामबाबु सुवेदी, कलाकार तथा मूर्तिकार नारदमणि हार्तम्छाली, कलाकार तथा प्राज्ञ निशा पोखरेल (शर्मा) साहित्यकार प्रा. बद्री विशाल पोख्रेल, रामभरोष कापडी, संगीतकार बुलुहाङ राई मुकारुङ, लेखक दयालबहादुर शाही, तबलाबादक सरिता मिश्र रहेका छन् ।

यसैगरी कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट चित्रकार हरि प्रसाद शर्मा, अभिनेता विल्सन विक्रम राई, प्रबल जनसेवा श्री (चतुर्थ) मूर्तिकार यज्ञरत्न बज्राचार्य, संगीतकार सुरेन्द्र गोपाल श्रेष्ठ, कलाकार उत्तम केसि,लोक गायिका देवी माया थापा गुरुङ, संगीतकार नरेन्द्र बहादुर खड्का क्षेत्री, साहित्यकार अनिरुद्र पौडेल (अनिल)को सूची सार्वजनिक भएको थियो ।

यस्तै, जनसेवा श्री (पंचम) गायक कृष्ण प्रसाद काफ्ले, डिबी टुहुरो साहित्यकार, लक्ष्मण मण्डल चित्रकार, गायिका सरस्वती क्षेत्री रहेका छन् । सरकारले हरेक वर्ष राष्ट्रको गरिमा उच्च राख्ने महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई समान स्वरुप विभिन्‍न पदक दिने गरेको छ । यसपटक नेपाल रत्न पदक भने कलाकार, साहित्यकार कसैलाई दिइएको छैन ।

विभूषण पाउनेमा सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १ जना, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४ जना, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७ जना, सुप्रवल जनसेवा तृतीय ८७ जना, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८ जना, प्रवल जनसेवा श्री चतुर्थ २४२ जना र जनसेवा श्री १०४ जना रहेका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी हुन् । 

प्रतिक्रिया