गायक पशुपति शर्मालाई मानपदवी पदकका लागि सरकारले गरेन खबर !

मनिषा थापा

काठमाडौँ : गत असोज ३ राष्ट्रिय दिवसका दिन सरकारले घोषणा गरेको मानपदवी पदक नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् । सरकारले मानपदवी प्रदान गर्नका लागि निर्णय गरेर खबर पठाएका अधिकांश व्यक्ति प्राप्त मानपदवी ग्रहणका लागि सरकारले तोकेको पोशाक र समयमा राष्ट्रपति कार्यालय पुगे।

यसै बीच ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतबाट सर्वाधिक चर्चा कमाएका गायक पशुपति शर्मा भने मानपदवीमा नाम हुँदासमेत् पदक पाएनन्। उक्त कार्यक्रमको खबर नै नपाएको कारण शर्मा सहभागी नभएको उनले गुनासो गरेका छन्। उनको नाम प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा थियो।

प्राप्त जानकारी अनुसार असोज ३ गते सरकारले मानपदवी घोषणा गर्दा आफ्नो नाम परेको थाहाँ पाए पनि आइतबार प्रदान गरिँदैछ भन्ने आफूलाई सम्झना नभएको र सरकारबाट पनि औपचारिक खबर पनि नपाएको उनले उल्लेख गरेका छन्।

आफ्नो नाम पदक पाउनेको सुचीमा भएको पनि उनले अरुमार्फत सुनेका थिए। नयाँ वर्षको अबसरमा उनी पर्वतको कुश्मामा भएको कार्यक्रममा पुगेका थिए । यद्दपी प्रबल जनसेवा श्री मानपदवी पाउने व्यक्तिलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो ।

‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यङ्ग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएपछि युट्युबबाट हटाएका थिए । सरकारलाई यस्ता गीत प्रतिबन्ध लगाउन माग गरिरहेकै बेला युवासंघका कार्यकर्ताले शर्मालाई टेलिफोन गरेर गीत हटाउन धम्की दिएपछि उनले युट्युबबाट उक्त गीत हटाएका थिए । उनले गीत परिबन्द लगाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन पनि गरिएको थियो। त्यसपछि गीत झनै भाइरल नै बन्यो।

गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्माकाे आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले गीतमा निकै कडारुपमा प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया