गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्वजनिक [भिडियो]

शर्मिला गुरुङ

काठमाडौँ, १५ चैत्र : गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् । विभिन्न मेला महोत्सब देखि अन्य कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै गरेका गायक प्रराज सुमधुर आवाजका धनि छन् ।

अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ संगीतकार निल गुरुङले संगीत भरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन्। उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारिले निर्देशन गरेका छन् l मोडल मिरुना लिसरा मगर र मिस्टर वर्ल्ड नेपाल २०१८का विकल्प राज श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया