गायिका अस्मिता परियारको ‘सुरुवात’ सार्वजनिक (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १२ असोज : गायिका अस्मिता परियारको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत संयोजन रहेको छ ।

गीतका शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेको छ । गीत ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको हो । ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ ।

नेपाली संगीत क्षेत्रमा एउटा आशालाग्दो प्रतिभाको रुपमा विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी अस्मिता परियारले ललित कला नेपाल एकेडेमीमा संगितको अध्ययन गर्दैछिन् । उनले संगीता राणा प्रधान, लावणी चक्रवर्ती, अर्जुन पोखरेल संग संगीत सिकिरहेकी छिन् ।

प्रतिक्रिया