गायिका एलिना चौहानको ‘तरुनी’ गीतको भिडियो सार्वजनिक ( भिडियो)

admin

काठमाडौं: गायिका एलिना चौहानको नयाँ गीत ‘तरुनी’ को भिडियो सार्वजनिक भएको छ। गीतमा एलिनालाई यम कुमार मल्लले पुरुष स्वरमा साथ दिएका छन ।

डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत बिशाल थिङ्गले तयार गरेका हुन्। उक्त गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका हुन् ।

भिडियोमा सन्देश रिमाल र इश्मा मल्लको अभिनय रहेको छ। सन्देश रिमालको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अशोक रंजितले खिचेका छन्। साथै सम्पादन पनि अशोक रंजितले नै गरेका हुन् । भिडियो “Flutter music nepal ” युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया