गायिका कविताको ‘आकाशको कालो बादल’ (भिडियो सार्वजनिक)

admin

काठमाडौं, २१ बैशाख : गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ ।

उक्त गीतमा अमुल कार्कीको संगीत संयोजन रहेको, माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझिलाई फिचर्ड गरिएको छ ।

बिरेन्द्र भट्टले छायांकन गरेको उक्त भिडियोलाई अच्युत बजगाईंले सम्पादन गरेका छन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो । सो सार्वजनिक भिडियो ‘साइ राम पिक्चर्स’को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया