गायिका मेलिना राईको ‘वैशैं बेइमानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : गायिका मेलिना राईले बिहिबार ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरेकी छिन्।

तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ। गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ।

राजनराजको संगीतमा धेरै फिल्ममा स्वर दिएकी मेलिनाको फिल्म बाहेकको गीतमा राजनराजसँग पहिलो सहकार्य हो। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा पहिलोपटक गायिका मेलिना राई आफैले कम्मर मर्काएकी छिन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया