गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुरागसंगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामालाई फिचर गरिएको छ।

हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियोलाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्। चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन।

गायिका रेश्मा सुनुवारको गीत तथा संगीत र आवाजमा तयार भएको गीत “उल्लु” लाई गायिका सुनुवार कै अफिसिएल युट्युबबाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया