गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनारको आवाजमा ‘तिहारै आयो’ [हेर्नुहोस भिडियो]

admin

काठमाडौँ,  १८ कार्तिक  :  नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनारको आवाजमा सजिएको तिहारको कोशेली ‘तिहारै आयो’ गीतको भिडियो बजारमा आएको छ ।

अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्रयोग गरिएको छ । अजय रेग्मीको छायाँकन, विनोद बमको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘तिहारै आयो’ गीतमा निर्देशक काजिश श्रेष्ठ र साया भण्डारीको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया