गाैँडा मा*र्न किसानले घाँसमा वि*ष हाले

admin

काठमाडौं, २६ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा विष खाएर पनि गैंडा म*रेको पाइएको छ । बाली खाइदिएर आजित भएका किसानले घाँसमा वि*ष हालेको र त्यही घाँस खाँदा गैंडा म*रेको निकुञ्ज विभागको अध्ययनमा पाइएको हो ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको निर्देशनपछि विभागले माघमा गठन गरेको कार्यदलले गैंडा म*र्नुको कारणबारे स्थलगत अध्ययन गरेको थियो । त्यस क्रममा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का पशु चिकित्सकले नमुनास्वरूप मरेका गैंडाको पोस्टमार्टम गरेका थिए ।

‘पोस्टमार्टम गर्दा केही गैंडाको आन्द्रामा समस्या देखियो, त्यसो हुनुको प्रमुख कारण विष नै हो,’ कार्यदल सदस्य सुवेदीले भने । सुवेदीका अनुसार यस वर्ष चितवन निकुञ्जमा १८ गैंडा म*रेकामा ४ वटाले वि*ष खाएको पाइएको छ । चारवटै गैंडा फरक–फरक स्थानमा किसानका खेतमा मरेका हुन् । पहिले पनि केही गैंडा त्यही कारणले मरेको पाइएको थियो ।

यो वर्ष २ वटा गैंडा विद्युतीय धरापमा परेका थिए । बालीमा गैंडा नआओस् भनेर किसानले विद्युत् प्रवाह भएको तारको बार लगाउने गरेका छन् । अन्य १२ वटामध्ये केही गैंडा आपसमा जुधेर मरेको देखिएको छ । जुधेर मरेकामा भाले गैंडा धेरै हुन्छन् । ‘आहार, बासस्थान र समागमका लागि प्रतिस्पर्धा गर्ने क्रममा पनि गैंडा मर्ने गरेको देखिन्छ,’ सुवेदीले भने ।

निकुञ्जभित्रका गैंडा चर्दै मानव बस्ती र किसानका खेतबारीसम्मै आउने गरेका छन् । दिउँसो मानव बस्तीमै हिँडडुल गरे पनि रातको समयमा तोरी, गहुँ र घाँस खान गैंडा खेतबारीमा पस्छन् । किसानले भने बाली खाएको रिसमा विष हालिदिन थालेको अध्ययनको निष्कर्ष छ ।

‘आफ्नै वरिपरि गैंडा आउँदा किसान खुसी हुनुपर्ने हो,’ गैंडा विज्ञ सुवेदीको विश्लेषण छ, ‘गैंडाले बाली सिध्याइदिने तर सरकारले न्यून क्षतिपूर्ति दिने हुँदा उनीहरूले वि*ष हाल्ने गरेको देखिन्छ ।’

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ मा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाखसम्म राहत र सख्त घाइतेलाई २ लाखसम्म उपचार खर्च दिने व्यवस्था छ ।

वन्यजन्तुले जति नै बाली क्षति गरे पनि प्रतिकिसान १० हजार रुपैयाँसम्म मात्र राहत रकम दिइन्छ । त्यो लिने प्रक्रिया पनि झन्झटिलो छ । त्यसैले किसानहरू वन्यजन्तुबाट बालीनाली क्षति हुनै नदिने उपाय अपनाउँछन् । वन्यजन्तुले आक्रमण गरेर ज्या*न लिने जोखिम पनि छ । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया