गीतकार तथा गायक बेग रानाको ‘छोटो छोटो…’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १६ जेठ : पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो…’ सार्बजनिक भएको छ । करिब २ दर्जन गीतहरु निकालिसकेका रानाले अहिले भने ‘छोटो छोटो…’ सार्बजनिक गरेका हुन्।

गायक बेग रानाको आवाजमा सजिएको गीतमा लय तथा शब्द बेग राना स्वयमकै रहेको छ भने गायिका सोनु श्रेष्ठले आवाजमा साथ दिएकी छिन ।

भिडियोमा एकदमै आशालाग्दो चर्चित मोडल समिर खान र सोनीका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक निशान एस केको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरीको रहेको छ ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यावस्थापन गरेको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया